तीन मन्त्रीको राजीनामापछि मन्त्रालयको जिम्मेवारी कार्कीलाई

लोकपथ
119
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीले पदबाट राजीनामा दिएपछि ती मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने निर्णय गरेका छन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् ।

त्यसपछि रिक्त भएका मन्त्रालयहरूको जिम्मेवारी प्रधानमन्त्री कार्कीलाई सुम्पिने गरी राष्ट्रपति पौडेलले निर्देशन दिएका हुन् । यसअघि ती मन्त्रीहरूले सम्बद्ध मन्त्रालयको कार्यभार सम्हाल्दै आएका थिए ।

प्रधानमन्त्री कार्कीले हालका लागि तीनै मन्त्रालयको व्यवस्थापन स्वयं सम्हाल्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?