दिनदिनै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, आज कति पुग्यो ? 

लोकपथ
350
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला  २७ सय रुपैयाँले वृद्धि भएको हो । 

सोमबार  २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको सुनको  मूल्य आज  २७ सय रुपैयाँले  बढेर २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।  यो हाल सम्मको उच्च मूल्य हो । 

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार  आज चाँदी  ७० रुपैयाँले बढेको हो ।  अघिल्लो दिन ५ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज  ७० रुपैयाँले बढेर  ५ हजार ८ सय  ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?