धनुषा–३ मा कांग्रेसबाट विमलेन्द्र निधि उम्मेदवार

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कांग्रेसले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा पूर्वउपसभापति विमलेन्द्र निधिलाई उम्मेदवार बनाएको छ । 

त्यसअघि २०७४ सालमा तत्कालीन राजपाका नेता राजेन्द्र महतोसँग पराजित भएका निधि २०७९ मा भने समानुपातिकबाट प्रतिनिधिसभा सदस्य भएका थिए । २०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेकी जुली महतो निर्वाचित भएकी थिइन् । 

यस क्षेत्रबाट एमालेले जुली महतो, रास्वपाले मनिष झा र राष्ट्रिय मुक्ति पार्टीबाट डा. राजीव झाले टिकट पाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?