काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट उम्मेदवार बन्ने भएका छन् । अहिले म्याग्दीमा रहेका उनले स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् ।
अर्थमन्त्री रामेश्वर खनालले आज मंगलबार बिहान सामाजिक सञ्जाल मार्फत पुनले राजीनामा दिएको जानकारी गराएका थिए ।
अर्थमन्त्री खनालले फेसबुकमा लेखेका छन्, ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो ।’
प्रधानमन्त्रीको सचिवालयले पनि यसको पुष्टि गरेको छ । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले शिक्षामन्त्री पुनको राजीनामा आएको पुष्टि गरेपनि कारण भने खुलाएका थिएनन् ।
पुनसँगै सुशीला कार्की नेतृत्वको सरकारका ४ जना मन्त्रीले राजीनामा दिइसकेका छन् । यसअघि ऊर्जामन्त्री कुलमान घिसिङ, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया