काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेद्वारी दर्ता गर्न काठमाडौंका १० क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा चहलपहल सुरु भएको छ ।
क्षेत्र नंं १ को कार्यालय काठमाडौं महानगरपालिका वडा नं.३१ स्थित नयाँबानेश्वरमा रहेको सहकारी प्रशिक्षण केन्द्रको कार्यालयमा स्थापना गरिएको छ । क्षेत्र नं.२ कार्यालय कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ५ स्थित थली चौरमा रहेको नगरपालिका भवनमा स्थापना गरिएको काठमाडौंका जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए ।
क्षेत्र नं. ३ को कार्यालय गोकर्णेश्वर नगरपालिका वडा नं. ४ स्थित वडा कार्यालयमा स्थापना गरिएको छ । क्षेत्र नं. ४ को कार्यालय बूढानीलकण्ठ नगरपालिका नं. २ चपलीस्थित ज्येष्ठ नागरिक समाज भवनमा स्थापना गरिएको छ । क्षेत्र नं. ५ को कार्यालय टोखा नगरपालिका वडा नं. ५ स्थित श्री समाज भवनमा स्थापना गरिएको छ ।
क्षेत्र नं.६ कार्यालय तारकेश्वर नगरपालिका वडा नं.६ धर्मस्थलीस्थित नगरपालिका भवनमा गरिएको छ । क्षेत्र नं.७ को कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १६ खुसीबु, बालाजुस्थित बहुउद्देश्यीय मार्सल आर्टस् केन्द्र (जुडो हल) मा स्थापना गरिएको छ । क्षेत्र नं.८ को कार्यालय नागार्जुन नगरपालिका वडा नं.५ स्थित नगरपालिका भवनमा गरिएको छ ।
क्षेत्र नं. ९ को कार्यालय चन्द्रागिरी नगरपालिका वडा नं. १२ बलम्बुस्थित नगरपालिका भवनमा स्थापना गरिएको छ । क्षेत्र नं. १० को कार्यालय कीर्तिपुर नगरपालिका वडा नं. २ बाघ भैरवस्थित वडा नं। २ को कार्यालयमा स्थापना गरिएको छ ।
काठमाडौंका १० वटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ताका लागि दर्ता गराउन चाहनेको आउन थालेका छ । उम्मेद्वारी दर्ताका लागि सुरक्षालगायत सबै तयारी पनि पूरा भएको निर्वाचन आयोग, जिल्ला निर्वाचन अधिकारीको कार्यालय, काठमाडौंले जनाएको छ ।
उम्मेद्वारी दर्ताका लागि आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म काठमाडौंका १० वटासँगै देशभरका १६५ वटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेद्वारको सूची प्रकाशन हुने कार्यक्रम छ ।
यही माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएको उम्मेद्वारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ । माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदेवारको नामावली प्रकाशन गरिने छ ।
माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेद्वारले नाम फिर्ता लिने समय तोकिएको छ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया