शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा

लोकपथ
784
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल मार्फत पुनले राजीनामा दिएको जानकारी गराएका हुन् ।

अर्थमन्त्री खनालले फेसबुकमा लेखेका छन्, ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो ।’

प्रधानमन्त्रीको सचिवालयले पनि यसको पुष्टि गरेको छ । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले शिक्षामन्त्री पुनको राजीनामा आएको पुष्टि गरेपनि कारण भने  खुलाएनन् । 

पुनसँगै सुशीला कार्की नेतृत्वको सरकारका ४ जना मन्त्रीले राजीनामा दिइसकेका छन् । यसअघि ऊर्जामन्त्री कुलमान घिसिङ, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?