सिन्धुपाल्चोक । नेपाली कांग्रेसले सिन्धुपाल्चोकमा क्षेत्र नम्बर–१ मा जिल्ला सभापति जंगबहादुर लामा र क्षेत्र नम्बर–२ मा इन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्ष वंशलाल तामाङलाई उम्मेदवार बनाएको छ ।
दुई निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा यसपटक नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट मानिने पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई टिकट दिइएन । उनी यसअघि क्षेत्र नम्बर २ बाट विजयी बनेका थिए ।
कांग्रेस क्षेत्रीय समितिले बस्नेतको नाम एकल सिफारिस गरेको थियो । उनले अन्तिम समयसम्म पनि टिकटका लागि पहल गरे पनि टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेकाले बस्नेतलाई टिकट नदिइएको स्रोतको दाबी छ ।
२०४८ सालपछि उनी योसहित दुई पटक उम्मेदवार हुन पाएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया