सिन्धुली–२ मा कांग्रेसबाट सुशीला थिङ उम्मेदवार

लोकपथ
203
Shares

काठमाडौं । नेपाली कांग्रेसले सिन्धुली क्षेत्र नम्बर २ मा सुशीला थिङलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा समानुपातिक सांसद रहेकी थिङले यस पटक प्रत्यक्षतर्फको टिकट पाएकी हुन् ।

कांग्रेस केन्द्रीय नेतृत्वको निर्णयअनुसार थिङलाई सिन्धुली–२ को उम्मेदवार घोषणा गरिएको पार्टी स्रोतले जनाएको छ । 

सिन्धुली–२ मा प्रतिस्पर्धा कडा देखिएको छ । नेकपा एमालेबाट मनोजजंग थापा उम्मेदवार छन् भने नेपाली कम्युनिस्ट पार्टीबाट लेखनाथ दाहाल चुनावी मैदानमा उत्रिएका छन् ।

तीन दलका उम्मेदवारबिचको प्रतिस्पर्धाले सिन्धुली–२ को निर्वाचन रोचक बन्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?