काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री प्रदीप पौडेललाई यो पटक पनि काठमाडौं–५ बाटै उम्मेदवार बनाएको छ ।
हालै भएको विशेष महाधिवेशनबाट महामन्त्री चुनिएका पौडेललाई कांग्रेसले यसअघि निर्वाचन जितेको काठमाडौं–५ बाटै उम्मेदवार बनाएको हो ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले सो क्षेत्रबाट एमालेका ईश्वर पोखरेललाई हराएका थिए । यो पटक पनि एमालेले ईश्वर पोखरेललाई नै सो क्षेत्रबाट टिकट दिएको छ ।
पौडेल अघिल्लो सरकारमा स्वास्थ्यमन्त्रीसमेत बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया