३४ वर्षपछि डडेलधुरामा कांग्रेस उम्मेदवार फेरिए, देउवा नलड्ने भएपछि नैनसिंह महरलाई टिकट

लोकपथ
287
Shares

काठमाडौं ।  पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट यसपटक चुनाव नलड्ने भएपछि कांग्रेसका नैनसिंह महर उम्मेदवार बन्ने भएका छन् । देउवा निर्वाचन नलड्ने भएपछि कांग्रेस संसदीय बोर्डको बैठकले देउवा पक्षकै नेता महरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

महर नेविसंघको केन्द्रीय अध्यक्ष भइसकेका व्यक्ति हुन् । उनी निवर्तमान केन्द्रीय सदस्य पनि हुन् ।

२०४८ सालदेखि लगातार ३४ वर्ष डडेलधुरामा कांग्रेसको एउटै उम्मेदवार शेरबहादुर देउवा रहँदै आएका थिए । उनले सबै निर्वाचन जित्दै आएका थिए ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?