रास्वपामा विवाद : रूपन्देही–२ मा दुई जनालाई टिकट

लोकपथ
875
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर–२ मा दुई जनालाई उम्मेदवारको टिकट दिएपछि पार्टीभित्र विवाद देखिएको छ ।

रास्वपाले आशिष सुवेदी र सुलभ खरेल दुवैलाई सोही निर्वाचन क्षेत्रमा उम्मेदवार बनाएको हो ।  बालेन शाह पक्षका आशिष सुवेदीलाई यसअघि नै टिकट दिइएको थियो । तर पार्टी कार्यकर्तामा असन्तुष्टि बढेपछि अबेर राति सुलभ खरेललाई पनि टिकट प्रदान गरिएको हो ।

रुपन्देही क्षेत्र नम्बर–१ र २ मा बालेन पक्षका उम्मेदवार चयन गरिएपछि पार्टीभित्र असन्तोष चर्किएको बताइएको छ । सो असन्तोष व्यवस्थापन गर्न खरेललाई टिकट दिइएको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?