पृथ्वी सुब्बा गुरुङ लमजुङबाट चुनाव लड्दै

लोकपथ
42
Shares

लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा लमजुङबाट उम्मेदवार बन्ने भएका छन् ।

एमालेको केन्द्रीय सचिवालय बैठकले पूर्वसञ्चारमन्त्रीसमेत रहेका गुरुङलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङबाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

गुरुङ विसं २०७४ मा गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भई मुख्यमन्त्री बनेका थिए । त्यस्तै, विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनले ३४ हजार ९६९ मत प्राप्त गर्दै विजयी भएका थिए ।

लमजुङ जिल्लामा चार नगरपालिका र चार गाउँपालिका गरी आठ वटा स्थानीय तह रहेका छन् । एमालेले गुरुङको उम्मेदवारीले जिल्लामा पार्टीको संगठन थप बलियो हुने विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?