काठमाडौं । एमाले नेतृ अष्टलक्ष्मी शाक्यले महाधिवेशनमा फरक मत राखेकै कारण केही नेताहरू टिकटबाट वञ्चित हुनुपरेको बताएकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शाक्यले फरक धारणा राखेकै कारण कमरेडहरूलाई टिकट नदिने प्रवृत्तिले पार्टीभित्र संकीर्ण र निषेधको राजनीति हाबी भएको बताइन् ।
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै यस्तो राजनीतिक संस्कारले नेतृत्वलाई मात्र होइन, पार्टीलाई समेत कमजोर बनाउने चेतावनी दिइन् ।
उनले भनिन्, ‘अध्यक्ष कमरेड तपाईँको संकीर्ण र निषेधको राजनीतिले तपाईँलाई मात्र होइन पार्टीलाई पनि कमजोर बनाउँछ।अहिले पनि समय छ । सच्याउनु होला।’
उनको यो अभिव्यक्ति पार्टीभित्र उम्मेदवार छनोटलाई लिएर असन्तुष्टि बढिरहेका बेला आएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया