बन्जारा बन्जाडे समाजको सातौँ केन्द्रीय अधिवेशन सम्पन्न, गीता बन्जाराको नेतृत्वमा नयाँ समिति चयन

लोकपथ
0
Shares

काठमाडाैं । पूर्वी चितवनको रत्ननगरमा बन्जारा बन्जाडे समाज नेपालको सातौँ केन्द्रीय साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। समाजकी केन्द्रीय अध्यक्ष गीता तिमिल्सेना बन्जाराको अध्यक्षतामा सम्पन्न साधारण सभामा देशभरबाट करिब २ सय जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

रत्ननगर नगरपालिका–१० स्थित साविकको हंश मनोरञ्जन केन्द्र तथा हालको शान्ति भिलेज रिसोर्टमा सम्पन्न अधिवेशनले समाजको आगामी दुई वर्षे कार्यकालका लागि १९ सदस्यीय नयाँ केन्द्रीय समिति सर्वसम्मत रूपमा चयन गरेको हो। जिल्ला अध्यक्ष रमेश बन्जराका अनुसार अधिवेशनले सामाजिक एकता, पहिचान संरक्षण र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्दै नयाँ नेतृत्व चयन गरेको हो।

अधिवेशनबाट गीता तिमिल्सेना बन्जाराको नेतृत्वमा नयाँ केन्द्रीय समिति निर्वाचित भएको छ। जसअन्तर्गत वरिष्ठ उपाध्यक्षमा तारा बन्जाडे, उपाध्यक्षमा केशब बन्जारा र प्रदीप बन्जारा चयन भएका छन्। त्यस्तै महासचिवमा दीपेन्द्र बन्जारा, सचिवमा हिरालाल बन्जारा तथा कोषाध्यक्षमा राजकुमार बन्जारा निर्वाचित भएका छन्।

केन्द्रीय सदस्यहरूमा निर्मल बन्जारा, बसन्तराज बन्जारा, नन्दलाल बन्जारा, भीमा केसी बन्जारा, खुस्बी भण्डारी बन्जाडे, राजकुमार बन्जारा, रामहरि बन्जारा, मनोहर बन्जारा र शुशिला बन्जाडे चयन भएका छन्।

अधिवेशनले समाजलाई सामाजिक संस्था दर्ता ऐन, २०३४ अनुसार दर्ता भई सञ्चालन भइरहेका सामाजिक क्रियाकलापलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?