काठमाडौं । शेरबहादुर देउवा पक्षले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णयविरुद्धको रिटमा मंगलबारका लागि पेसी तोकिएको छ ।
निर्वाचन आयोगले थापा नेतृत्वको नेपाली कांग्रेसलाई दिएको आधिकारिकता बदर गर्न माग गर्दै देउवा पक्षले आइतबार सर्वोच्चमा रिट दायर गरेको थियो । तर आन्तरिक सहमतिपछि उक्त रिट पेसी चड्नुअघि झिक्न लागिएको चर्चाकाबिच देउवा पक्षले स्पष्ट पारेको छ ।
देउवा पक्षका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले उक्त समाचार असत्य रहेको समेत दाबी गरे । केही सञ्चार माध्यमले उक्त रिट फिर्ता लिने निर्णय हुन लागेको भन्दै समाचार प्रकाशन गरेपछि उनले त्यसबारे स्पष्ट पारेका हुन् । उनले आफूसँग नसोधी उक्त समाचार प्रकाशन गरिएकोप्रति समेत असन्तुष्टि व्यक्त गरेका छन् ।
‘केही संचारमाध्यममा आएका गलत समाचार बारे स्पष्ट होस् । २०८२ माघ २ गते कांग्रेस पार्टीका सम्बन्धमा निर्वाचन आयोगले गरेको अवैधानिक निर्णयका विरुद्धमा २०८२ माघ ४ गते सवोच्च अदालतमा हामीले न्याय प्राप्तिको लागि दर्ता गरेको रिट फिर्ता हुने भन्ने समाचार पूर्ण रुपमा असत्य भएको म स्पष्ट पार्न चाहन्छु । यो सम्वेदनशील विषयमा म सँग प्रत्यक्ष सम्पर्क नगरिकन अड्कलका भरमा समाचार सम्प्रेषण नगर्न सबै संचार माध्यमका साथीहरूलाई विशेष आग्रह समेत गर्दछु,’ उनले भनेका छन् ।
यता धेरै जिल्लामा कांग्रेसले उम्मेदवार समेत टुंगो लगाइसकेको छ । तर देउवा पक्षले आधिकारिकताको विरुद्धमा सर्वोच्चमा रिट दिएका कारण कांग्रेसभित्र अन्यौलता सिर्जना भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया