तेह्रथुममा रास्वपाको भाँडभैलो, जिल्लादेखि पालिकाका सबैले दिए सामूहिक राजीनामा

लोकपथ
0
Shares

काठमाडौं । पूर्वी जिल्ला तेह्रथुममा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्लादेखि सबै पालिका कमिटीले सामूहिक राजीनामा दिएका छन् ।

टिकट वितरणमा केन्द्रले हस्तक्षेप गरेको भन्दै जिल्लादेखि सबै पालिका र वडा कमिटीका सबैले समूहिक राजीनामा दिएका हुन् ।

सुरुमा ‘अवेर तेह्रथुम’ का संयोजक ईन्जिनियर सरेन्द्र कार्कीलाई दलको साझा उम्मेदवार बनाउने निर्णय भएको थियो । सोही अनुसार पार्टीको प्राइमरी इलेक्सनमार्फत् सबै प्रक्रिया पूरा गरे पनि टिकट वितरणमा मनोमानी गरिएको भन्दै सामूहिक राजीनामा दिइएको घोषणा गरिएको छ ।

‘पार्टीले नै पारित गरेको उम्मेदवार छनोट प्रक्रिया भन्दा बहिर गएर जिल्ला कार्यसमिति र प्रदेश कार्यसमितिको भावना विपरित अमुक व्यक्तिलाई उम्मेदवारको टिकट दिँदा पार्टीको विधिमाथि त प्रश्न उठ्यो नै जिल्लागत रुपमा व्यापक राजनीतिक सहमतिबाट गरिएको निर्णयमा समेत कुठाराघात भयो । यसले तेह्रथुमको जनभावनामा गम्भीर असर पुर्याएको छ,’ राजीनामा पत्रमा भनिएको छ, ‘केन्द्र र प्रदेशसँग सहकार्य गदैै गरिएको व्यापक राजनीतिक सहमति पूरा गर्न नसकेको नैतिक जिम्मेवारी लिँदै हामी सम्पूर्ण राष्ट्रिय स्वतन्त्र पाटी, जिल्ला कार्यसमिति तेह्रथुमका सबै पालिका समिति, सबै वडा कमिटी सामूहिक राजीनामा पेश गर्दैछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?