काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ को निर्वाचनका लागि काभ्रे–२ मा मधु आचार्यलाई उम्मेदवार बनाएको छ ।
सोमबार कांग्रेस सभापति गगनकुमार थापाले आचार्यलाई टिकट दिएका हुन् ।
कांग्रेसले कतिपय जिल्लामा उम्मेदवारको टुंगो लगाउँदा कतिपय स्थानमा भने अझै उम्मेदवार टुंगो लगाउन बाँकी रहेको छ ।
यता नेकपा एमालेले धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जुलाई उम्मेदवार बनाएको छ भने नेपाली कम्युनिष्ट पार्टीले बसुन्धरा हुमागाईँलाई उम्मेदवार बनाएको हो ।
सो क्षेत्रमा गत निर्वाचनमा नेकपा एमालेबाट गोकुल बाँस्कोटा जितेका थिए । तर केपी शर्मा ओलीले बाँस्कोटालाई हटाउँदै ब्याञ्जुलाई टिकट दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया