इजरायल भ्रमणबारे विवादपछि बेलायती मन्त्रीद्वारा राजीनामा

एजेन्सी, २३ कात्तिक । बेलायती सरकारमा भारतीय मूलकी मन्त्री प्रीति पटेलले आफ्नो निजी इजरायल यात्राका बारेमा विवाद भएपछि राजीनामा दिएकी छन् मन्त्री पटेलले अगस्त महिनामा आफ्नो पारिवारिक छुट्टिका क्रममा इजरायली प्रधानमन्त्रीसहित वरिष्ठ अधिकारीहरुसँग गोप्य बैठक गरेको थियो । उनले विदेश मन्त्रालयको विदेश विभागलाई पनि जानकारी नै नराइकन सो बैठक गरेको खुलासा भएको थियो यसै भेटलाई लिएर बेलायतकी अन्तर्राष्ट्रिय विकासमन्त्री प्रीति पटेलले इजरायली प्रधानमन्त्रीसहित वरिष्ठ अधिकारीसँग गोप्य बैठक बसेकोमा माफी समेत मागेकी छन् मन्त्री पटेलले यो भेटघाटकोबारे विदेश मन्त्रालयलाई औपचारिक जानकारी नगराए पनि बेलायती विदेशमन्त्री बोरिस जोनसनलाई पहिल्यै जानकारी भएको उनको दाबी छ  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?