मनोनयनका लागि रुकुम पुगे प्रचण्ड

लोकपथ
49
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड मनोनयन दर्ताका लागि रुकुम पुगेका छन् ।

मंगलबार फागुन २१ को निर्वाचनका लागि उम्मेदवार मनोनयन हुँदैछ । मनोनयनका लागि सोमबार हेलिकोप्टर चार्टड गरेर प्रचण्ड रुकुम पुगेका हुन् ।

यसअघि गोरखा क्षेत्र नं २ बाट चुनाव लडेका प्रचण्ड यो पाली भने रुकुमबाट चुनाव लड्ने भएका हुन् ।

त्यसो त ०६४ साल यता निरन्तर निर्वाचित हुँदै आएका प्रचण्डले फरक फरक क्षेत्रबाट चुनावमा प्रतिष्पर्धा गर्दै आइरहेका छन् ।

१० वर्षे सशस्त्र द्वन्द्वको मुख्य आधारभूमी रहेको रुकुममा प्रचण्ड पुग्दा उनलाई कार्यकर्ताहरुले भब्य स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?