काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् ।
उनलाई प्रहरीले कास्कीको पोखराबाट पक्राउ गरेको हो ।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृती तथा नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईँलाई साइबर अपराधको मुद्दामा पक्राउ गरेको बुझिएको छ ।
केही दिनअघि प्रसाईँले नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सभापति गगन थापाले अमेरिकाबाट करोडौँ पैसा ल्याएको भन्दै फेक भिडियो सार्वजनिक गरेका थिए । साथै उनले विभिन्न वेबसाइटहरु ह्याक गर्नका लागि युवाहरु परिचालन गरेको अडियो समेत सार्वजनिक भएको थियो ।
प्रसाईँले लाखौँ रकम दिएर युवाहरुलाई विभिन्न वेबसाइट ह्याक गर्ने र आफ्ना माग मुद्दाहरु त्यहाँ डिस्प्ले गराउने गरेको कर्तुत बाहिरिएपछि प्रहरीले उनको खोजी गरेको थियो । यद्यपि प्रसाईँले भने आफ्नो विभिन्न समयमा बोलेको अडियोहरु एआईबाट बनाइएको दाबी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया