काठमाडौं । ईलाम क्षेत्र नं १ बाट नेपाली कांग्रेसले युवा उम्मेदवारलाई अघि सारेको छ ।
यसअघि क्षेत्रीय समितिको सिफारिसका आधारमा नेपाली कांग्रेसले निश्चल राईलाई उम्मेदवार बनाएको हो ।
यसअघि क्षेत्रीय समितिले ९ जनाको नाम सिफारिस गरेको थियो । ती मध्ये सिफारिसमा परेकाहरुको सर्वसम्मतिले राईलाई उम्मेदवार बनाउने सहमतिपछि केन्द्रले उम्मेदवारको टिकट दिएको हो ।
युवाको तर्फबाट प्रतिनिधित्व गर्ने निष्कल राई हाल प्रदेश सभा १ (ख) का सभापति हुन् ।
पूर्व क्षेत्रीय सहसचिव समेत रहेका राई नेपाल विद्यार्थी संघमा लामो समयसम्म काम गरेका वौद्धिक व्यक्ति मानिन्छन् । काठमाडौंको पुतलीसडकमा रहेको शंकरदेव क्याम्पसका पूर्व लेक्चरर समेत रहेका राईले छोटो समयमा नै जिल्लाको राजनीतिमा प्रभाव जमाउन सफल देखिएको त्यहाँका स्थानीय नेता कार्यकर्ताहरु बताउँछन् ।
राईले लोकपथसँग संक्षिप्त कुरा गर्दै नेपाली कांग्रेस पार्टीले आफूलाई विश्वास गरेको र आफूले परिणाम दिने बचन दिए ।
‘पार्टीले मलाई विश्वास गरेको छ । साथै मेरा क्षेत्रका अग्रज नेताहरुको आशिर्वाद पाएको छु । पार्टीले गरेको विश्वासलाई टुट्न दिने छैन, साथै आगामी दिनमा कांग्रेसलाई थप बलशाली बनाउन भूमिका खेल्नेछु,’ उनले लोकपथसँग भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया