प्रतिनिधि सभा चुनाव लड्न प्रदेशबाट कुन्दनले दिए राजीनामा

लोकपथ
700
Shares

काठमाडौं । बागमती प्रदेश सभा सदस्य कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन् ।

सोमबार पूर्वमन्त्री समेत रहेका नेता काफ्लेले प्रदेश सभा सभामुख समक्ष राजीनामा बुझाएका हुन् ।

गत निर्वाचनमा उनी दोलखा क्षेत्र नं १ प्रदेश सभा (क) बाट निर्वाचित भएका थिए ।

उनले आगामी प्रतिनिधि सभा निर्वाचनमा दोलखाबाट चुनाव लड्न प्रदेश सभाबाट राजीनामा दिएका हुन् । उनले आफू जेनजी आन्दोलनपछि संसदमा प्रतिनिधित्व गर्ने र दोलखाबासी जनताको चाहना पूरा गर्ने उदेश्यले प्रदेश सभाबाट प्रतिनिधि सभा सदस्य बन्न राजीनामा दिएको उल्लेख गरेका छन् ।

‘जेनजी आनदोलनपश्चातको संसदमा प्रतिनिधित्व गर्न तथा दोलखाली जनताको चाहना अनुरुप प्रतिनिधि सभाको सदस्य भई जनताको सेवा गर्ने स्वच्छ मनले निर्णय गरेको छु,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?