रास्वपाले काठमाडौं–३ मा राजुनाथ पाण्डेलाई दियो टिकट

लोकपथ
812
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरपालिकाका निवर्तमान नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई काठमाडौं–३ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनाएको छ । 

रास्वपाले उनलाई  काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन)को कोटाबाट टिकट दिएको हो । उनले आज रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा पुगेर टिकट लिएका छन् । रास्वपाबाट उम्मेदवार बन्नकै लागि उनले हिजो ४ गतेदेखि लागू हुनेगरी २ गते राजीनामा दिएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?