आगामी निर्वाचनलाई व्यवस्था परिवर्तनको निर्वाचन बनाउँछौँ : राजेन्द्र लिङ्देन

लोकपथ
112
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीले सोमबार (आज) नै सबै क्षेत्रको उम्मेद्वार टुंग्याउने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सबै निर्वाचन क्षेत्रका उम्मेद्वार टुंग्याएर सार्वजानिक गर्ने बताएका हुन् ।

उनले देश अब निर्वाचनतर्फ अगाडी बढेको बताए ।

निर्वाचनको लागि राप्रपा पूर्ण तयारी भएको पनि उनले बताए ।

आगामी निर्वाचनलाई आन्दोलनको अभिन्न अंगको रुपमा प्रयोग गर्ने बताउँदै उनले आगामी निर्वाचनलाई नेतृत्व परिवर्तनको मात्रै नभई व्यवस्था परिवर्तनको लागि सदुपयोय गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘मुलुक अब जबरजस्त चुनावतर्फ अगाडी सरिसकेको छ । यस सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आजै आफ्ना उम्मेद्वारहरुको पूर्ण सूची केही समयपछि सार्वजानिक गर्नेगरि टुंगो लगाउँदैछ । हामी पनि चुनावमा तयारी भएर अगाडी आएका छौँ । प्रजातान्त्रिक पार्टी भएको नाताले चुनावमा सहभागी हुने, सहभागी हुने मात्रै होइन चुनावलाई आन्दोलनको अभिन्न अंगको रुपमा प्रयोग गर्ने निष्कर्षमा पुगेर हामीले चुनावको प्रारम्भ सुरु गरिसकेका छौँ र चुनावको लागी हामी पूर्ण तयारी भएका छौँ ।’

उनले देशको राष्ट्रवादी शक्तिको नेतृत्व राप्रपाले मात्रै गर्ने पनि दाबी गरे ।

राजसंस्था, सनातनी हिन्दुराष्ट्र र राष्ट्रवादी मान्यतालाई अंगाल्ने शक्तिहरु राप्रपामा धुव्रिकृत भइरहेको पनि जानकारी दिए ।

कार्यक्रममा पत्रकार गजेन्द्र वुढाथोकी, कानून व्यवसायी भद्रप्रसाद नेपाल (स्वागत) लगायत राप्रपामा प्रवेश गरेका थिए । बुढाथोकी राप्रपाको समानुपातिक सूचीमा छन् भने नेपाललाई झापा क्षेत्र नम्बर २ बाट राप्रपाले उम्मेद्वार बनाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?