जेनजी आन्दोलपनपछि पहिलोपटक उपत्यका बाहिर ओली, गृह जिल्ला झापा पुगे

लोकपथ
126
Shares

काठमाडौं । जेनजी आन्दोलनपछि एमाले अध्यक्ष केपी शर्मा ओली पहिलोपटक काठमाडौं उपत्यका पुगेका छन् ।

वर्तमान सरकारले स्थानहद तोक्दा काठमाडौं उपत्यकामा सीमित भएका ओली सोमबार पहिलोपटक आफ्नो गृहजिल्ला झापा पुगेका हुन् ।

सोमबार बिहान भद्रपुर विमानस्थलमा ओर्लिएलगत्तै स्थानीय नेता–कार्यकर्ताहरूको बाक्लो उपस्थितिमा उनको स्वागत भएको थियो ।

विमानस्थलबाट सिधै दमकतर्फ प्रस्थान गर्दै ओलीले कार्यकर्ताहरूसँग भेटघाट र चुनावी रणनीतिमा छलफल गरेका हुन् ।

गत भदौमा भएको युवा नेतृत्वको जेनजी आन्दोलनका क्रममा हिंसा भड्किएपछि जाँचबुझ आयोगले ओलीमाथि काठमाडौं उपत्यका बाहिर यात्रा गर्न रोक लगाएको थियो । आयोगले हालै प्रतिबन्ध हटाएसँगै ओलीको यो भ्रमणलाई चुनावी सरगर्मीको संकेतका रूपमा हेरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउन र कार्यकर्तालाई निर्देशन दिन ओली झापा गएका हुन् ।

एमालेले यसअघि नै उनलाई सोही क्षेत्रबाट सर्वसम्मत उम्मेदवार सिफारिस गरिसकेको छ । यो क्षेत्र ओलीको परम्परागत गढ मानिन्छ । जहाँ यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह र अन्य प्रतिष्पर्धीहरूले पनि दाबी गरेका छन् ।

आगामी निर्वाचनका लागि माघ ६ गते अर्थात् मंगलबार उम्मेदवार मनोनयनको मिति तोकिएको छ । सोही अनुसार ओली भोलिको मनोनयनका लागि झापा पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?