एमालेमा योगेशदेखि ठाकुर गैरेसम्मलाई पाखा लगाएर ‘मिलन चक्रे’लाई टिकट, को–को बने उम्मेदवार ?

लोकपथ
364
Shares

काठमाडौं । निर्वाचनको मिति नजिकिएसँगै दलहरुलाई चुनावी चटारो सुरु भएको छ । माघ ६ गते उम्मेदवारी दर्ताको मिति तोकिँदा उम्मेदवार बन्न आकांक्षा राख्नेहरुको दौडधुप देखिन्छ । हरेक राजनीतिक दलबाट कतिपय क्षेत्रमा उम्मेदवार टुंगो लाग्दा कतिपय क्षेत्रमा उम्मेदवार टुंगो लगाउन कठिन परेको देखिन्छ ।

वर्तमान सरकारको निर्वाचनको मिति घोषणा गरेकै दिनबाट चुनाव हुँदैन भन्ने एमालेले समेत धेरै क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । कतिपय चर्चित नेताहरुलाई उम्मेदवार बन्नबाट नै बन्चित बनाएको एमालेको मुल नेतृत्वप्रति आलोचना समेत भइरहेको छ ।

शनिबार पार्टीको सचिवालय बैठक बसेर एमालेले धेरै स्थानको उम्मेदवारको टुंगो लगाएको छ तर कतिपय उम्मेदवारलाई ‘होल्ड’ समेत गरिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो गृहजिल्ला झापाको क्षेत्र नं ५ बाट उम्मेदवार बनेका छन् ।

ओलीलाई झापा क्षेत्र नं ५ ले सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको थियो । त्यसो त गत महाधिवेशनमा ओलीसँग अध्यक्षमा प्रतिष्पर्धा गरेका ईश्वर पोखरेललाई भने ओलीले टिकट होल्ड गरेका छन् । यद्यपि आगामी निर्वाचनमा उनलाई टिकट नै नदिने समेत ओलीको रणनीति रहेको छ । ०७४ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ बाट निर्वाचित पोखरेल गत निर्वाचनमा भने सोही क्षेत्रबाट पराजित भएका थिए ।

कहाँबाट को बने उम्मेदवार ?

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्ला अन्तर्गतका क्षेत्रमध्ये एमालेले अधिकांश क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ ।

जसअनुसार कैलाली क्षेत्र नं १– द्वारिका न्यौपाने, कैलाली क्षेत्र नं २– सूर्यबहादुर थापा, कैलाली क्षेत्र नं ३– गौरीशंकर चौधरी, कैलाली क्षेत्र नं ४– लेखराज भट्ट, कैलाली क्षेत्र नं ५– मा यज्ञराज ढुङ्गानाको नाम टुंगो लगाइएको छ ।

त्यस्तै कञ्चनपुर क्षेत्र नं १ मा तारा लामा तामाङलाई उम्मेदवार बनाएइएको छ । त्यसो त शनिबार बसेको सचिवालय बैठकले कमला बोहरालाई टिकट दिने निर्णय गरेको थियो । तर पुनर्विचार गर्दै तामाङलाई टिकट दिएको हो । त्यस्तै कञ्चनपुर क्षेत्र न. २ मा वचनबहादुर सिंह र ३ मा दीपक भट्टले उम्मेदवारको टिकट पाएका छन् ।

यता अछामको क्षेत्र १ झपटबहादुर बोहरा र २ मा यज्ञ बोगटी उम्मेदवार हुँदा । बाजुराको क्षेत्र नः १ मा लालबहादुर थापालाई उम्मेदवार बनाइएको छ ।

त्यस्तै एउटा मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा दीपक धामीलाई उम्मेदवार बनाइएको छ । उनी नेकपा एमाले निकट अनेरास्ववियुको अध्यक्ष समेत हुन् ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरा १ मा चक्र स्नेही र बझाङमा ऐन महर उम्मेदवार बनेका हुन् । सचिवालय बैठकले अफिलाल ओखेडालाई टिकेट दिने तयारी गरेको थियो तर आज निर्णय पुनर्विचार गर्दै महरलाई उम्मेदवार बनाएको हो । उनी अनेरास्ववियुका पूर्व अध्यक्ष समेत हुन् भने यसअघि नै सोही क्षेत्रबाट पराजित पात्र समेत हुन् ।

यता बैतडीमा दामोदर भण्डारी, दार्चुलामा गणेशसिंह ठगुन्ना उम्मेदवार बनेका छन् ।

कर्णाली प्रदेश

एमालेले कर्णालीका सबै जिल्लाको उम्मेदवार टुंगो लगाएको छ । जसअनुसार सल्यानमा गुलाबजंग शाह, रुकुम पश्चिम १ मा नन्दराम देवकोटा, सुर्खेत १ मा ध्रुव शाही, सुर्खेत–२ मा कुलमणि देवकोटा, कालिकोट–१ नागेन्द्र शाही (नेसनल)लाई उम्मेदवार बनाउँदा जुम्लाबाट शान्तिबहादुर महतले टिकट पाएका छन् । त्यस्तै मुगुमा पूर्णबहादुर रोकाया, हुम्लामा दल फडेरा, डोल्पामा लङ्क रोकाया उम्मेदवार रहेका छन् । यता दैलेख क्षेत्र नं १ मा रविन्द्रराज शर्मा र २ मा लक्ष्मीराज शर्मा उम्मेदवार बन्दा जाजरकोटबाट डम्मरबहादुर सिंह उम्मेदवार बनेका छन् ।

लुम्बिनी प्रदेशबाट क–कसले पाए टिकट ?

लुम्बिनी प्रदेश अन्तर्गतको नवलपरासी क्षेत्र नः १ मा रामप्रसाद पाण्डे, २ मा भगवतीप्रसाद यादवको उम्मेदवारी परेको छ । यता रुपन्देही क्षेत्र नं १ मा दधिराम न्यौपाने उम्मेदवार बनेका छन् । रुपन्देही क्षेत्र नं २ मा उपाध्यक्ष विष्णुप्रसाद पौडेल उम्मेदवार बनेका छन् । यसअघि पाल्पा क्षेत्र नं २ उम्मेदवार बनाइएका पौडेल चौतर्फी विरोध भए पछि पुनः सोही क्षेत्रबाट चुनाव लड्ने भएका हुन् । ४ मा नाम टुंगो लगाउन बाँकी रहँदा रुपेन्देही क्षेत्र नं ३ मा बासुदेव घिमिरे रुपन्देही र ५ मा खिमलाल भट्टराई उम्मेदवार बनेका छन् ।

यता कपिलवस्तु १ मा विश्राम चौधरी, ३ मा वीरेन्द्र कडौनिया उम्मेदवार बन्दा २ मा भने नाम टुंगो लाग्न बाँकी रहेको छ ।

त्यस्तै महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङको क्षेत्र नं १ र २ को टिकट होल्ड गरिँदा क्षेत्र नं ३ बाट भने घनश्याम पाण्डेको नाम अघि सर्वसम्मत भएको छ । यता बाँके १ मा सूर्य ढकालको उम्मेदवारी परेको छ भने क्षेत्र नं २ मा उम्मेदवार टुंगो लाग्न बाँकी रहँदा ३ मा दलबहादुर सुनार उम्मेदवार बनेका छन् ।

यता बर्दियाको क्षेत्र नं १ मा शालिकराम अधिकारी, २ मा विमला विक, पाल्पा १ मा नारायण आचार्य, २ बाट रामबहादुर राउत उम्मेदवार बनेका छन् । यता अघिल्लो पटक सो क्षेत्रबाट निर्वाचित भएका ठाकुर गैरे ईश्वर पोखरेल प्यानलमा लागेका कारण ओलीले उनलाई टिकट नदिएका हुन् ।

यता रुकुम पूर्वमा उम्मेदवार टुंगो लाग्न बाँकी रहँदा, रोल्पामा गोकुल घर्ती, प्यूठानमा १ मा सूर्य थापा, अर्घाखाँचीमा पिताम्बर भूसाल, गुल्मीको १ मा प्रदीप ज्ञवाली र क्षेत्र नं २ मा गोकर्ण विष्टको उम्मेदवार बनेका छन् ।

गण्डकी प्रदेश

यता लुम्बिनी प्रदेश अन्तर्गत नवलपुर क्षेत्र नः १ मा भागीरथ सापकोटा, २ मा तिलबहादुर महत क्षेत्री उम्मेदवार बन्दा गोरखाको क्षेत्र नं १ मा आरसी लामिछाने रहँदा क्षेत्र नं २ मा गुण्डा नाइके चक्रे मिलन उर्फ मिलन गुरुङ उम्मेदवार बनेका छन् ।

यता लमजुङको एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, तनहुँ क्षेत्र नं १ भगवती न्यौपाने, २ मा केदार सिग्देल उम्मेदवार बन्दा स्याङ्जाको १ मा मिनप्रसाद गुरुङ, २ मा खिमबहादुर थापा उम्मेदवार बनेका छन् । यता म्याग्दीमा हरिकृष्ण श्रेष्ठ, कास्की क्षेत्र नं १ मा बैणबहादुर क्षेत्री, २ मा कृष्ण थापा, ३ मा दामोदर बैरागी उम्मेदवार बन्दा बागलुङको क्षेत्र नं १ मा हिरा केसी, २ मा मञ्जु शर्मा चालिसे उम्मेदवार बनेका छन् । यता मुस्ताङबाट १ मा इन्द्रधारा विष्ट र मनाङबाट पोल्देन सोताङ गुरुङ उम्मेदवार बन्दा पर्वतबाट पदम गिरीको नाम टुंगो लागेको हो ।

बागमती प्रदेश

सिन्धुली क्षेत्र नं १ मा प्रदीप केसी (कटुवाल), २ मा मनोजजंग थापा, रामेछापबाट माधवप्रसाद ढुङ्गेल, दोलखाबाट पार्वत गुरुङ उम्मेदवार बनेका छन् । यता सिन्धुपाल्चोक क्षेत्र नं १ मा आङदोर्जे शेर्पा, २ मा शेरबहादुर तामाङ उम्मेदवार बन्दा काभ्रे क्षेत्र नं १ मा अमित लामा उम्मेदवार बन्दा क्षेत्र नं २ मा भने टुंगिन बाँकी रहेको छ । उक्त क्षेत्र पूर्वमन्त्री समेत रहेका गोकुल बाँस्कोटाले जित्दै आएको क्षेत्र हो । तर गत महाधिवेशनमा बाँस्कोटा ईश्वर पोखरेल प्यानलमा लागेको भन्दै ओली असन्तुष्ट बनेका हुन् ।

यता धादिङ क्षेत्र नं १ मा भूमी त्रिपाठी, २ मा धनबहादुर घले उम्मेदवार बन्दा नुवाकोट १ मा बद्री मैनाली र २ मा केशव पाण्डे उम्मेदवार बनेका छन् । यता रसुवामा प्रेमबहादुर तामाङ उम्मेदवार बनेका छन् भने मकवानपुर १ मा रामेश्वर राना, २ मा महेश बर्तौला उम्मेदवार बनेका छन् । यता चितवन क्षेत्र नं १ मा कृष्णराज पाठक (कमल), २ मा अस्मिन घिमिरे, ३ मा शंकरराज थपलिया उम्मेदवार बनेका हुन् । यता काठमाडौं क्षेध नं १ मा मोहन रेग्मी, २ मा मणिराम फुयाल, ३ मा रामेश्वर फुयालको नाम टुंगो लगाइएको छ ।

यता क्षेत्र नं ४ र ५ उम्मेदवार टुंगो लगाउन बाँकी रहेको छ । क्षेत्र नं ४ मा राजन भट्टराई र ५ बाट ईश्वर पोखरेलले प्रतिष्पर्धा गर्दै आइरहेका थिए । ७, ९ त्यसो त काठमाडौं क्षेत्र नं ६ मा अमनकुमार मास्के, ८ मा राजेश शाक्य र १०मा विनोद श्रेष्ठको नाम टुंगो लगाइएको छ । यता क्षेत्र नं ७ र ९ मा समेत बाँकी रहेको छ ।

एमालेले ललितपुर क्षेत्र नं १ मा चेतनाथ सञ्जेल, २ मा प्रेमबहादुर महर्जनको नाम टुंगो लगाएको छ भने ३ मा अझै नाम टुंगो लाग्न बाँकी रहेको छ । यता भक्तपुर क्षेत्र नं २ बाट सचिव महेश बस्नेतको नाम पक्कापक्की हुँदा १ मा भने उम्मेदवार टुंगो लगाउन बाँकी छ ।

मधेश प्रदेश

सप्तरी क्षेत्र नः १ मा सुमन प्याकुरेल, २ मा सतिश सिंह, ३ मा ताराकान्त चौधरी, ४ मा बालकृष्ण चौधरी, सिराहाको १ मा केदार यादव, २ मा नविनकुमार यादव, ३ मा लिलानाथ श्रेष्ठ, ४ मा बिल्टु यादव उम्मेदवार बनेका छन् ।

यता धनुषाको १ मा रामचन्द्र मण्डल, २ मा उमाशंकर अग्रहरी, ३ मा जुली महतो, ४ मा रघुवीर महासेठ उम्मेदवार बन्दा महोत्तरी १ मा लक्ष्मी महतो कोइरी, २ मा रामपरीक्षण यादव, ३ मा बाँकी रहेको छ भने धनुषा क्षेत्र नं ४ बाट सरोज यादव उम्मेदवार बनेका छन् । यता सर्लाहीको १ र २ बाँकी राखिएको छ भने ३ मा हरि उप्रेती उम्मेदवार बनेका छन् । यता रौतहट १ मा अजय गुप्ता, २ मा शैलेन्द्र साह, ३ मा कुन्दन कुशवाहा, ४ मा रामजी शाह उम्मेदवार बन्दा बारा १ मा अच्युत मैनाली २ मा बलवीर चौधरी, ३ मा ज्वाला शाह, ४ मा किसान श्रेष्ठ उम्मेदवार बन्दा पर्सा क्षेत्र नं १ र २ बाँकी रहँदा ३ मा प्रमोद जैसवाल, ४ मा जालिम मियाँ अन्सारीको नाम टुंगो लगाइएको छ ।

कोशी प्रदेश

एउटा मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा एमालेले युवा संघका अध्यक्ष क्षितिज थेबेलाई उम्मेदवार बनाएको छ । यसअघि ०७४ र ०७९ को निर्वाचनमा जितेका पार्टी उपमहासचिव योगेशकुमार भट्टराईलाई पन्छाउँदै ओलीले थेबेलाई टिकट दिएका हुन् । ११औँ महाधिवेशनमा ईश्वर पोखरेल प्यानलमा लागेको भन्दै ओलीले योगेशलाई पाखा लगाएका हुन् ।

यता पाँचथर १ मा ऐन्द्रसुन्दर नेम्वाङ उम्मेदवार हुँदा इलामको १ मा काजिमान कागते, २ मा सुहाङ नेम्वाङ उम्मेदवार बनेका छन् । यस्तै झापाको १ मा रामचन्द्र उप्रेती, २ मा देवराज घिमिरे, ३ र ४ मा उम्मेदवारको नाम टुंगो लगाउन बाँकी छ । यता झापा क्षेत्र नं ५ मा भने एकल रुपमा सर्वसम्मत उम्मेदवार बनेका अध्यक्ष ओली नै पुनः उम्मेदवार बनेका छन् ।

त्यस्तै संखुवासभामा डा. अर्जुन कार्की, धनकुटा राजेन्द्र राई, भोजपुर शेरधन राई, तेह्रथुममा भानुभक्त ढकाल, सुनसरीको क्षेत्र नं १ मा सूर्य पन्दाक, २ र ३ बाँकी रहँदा ४ मा भगवती चौधरी उम्मेदवार बनेका छन् । यता मोरङको १ मा घनश्याम खतिवडा, २ मा दिलीप बगेडिया, ३ मा दिलीप राई, ४ मा जीवन घिमिरे, ५ र ६ बाँकी रहँदा सोलुखुम्बुमा कल्पना राई उम्मेदवार बनेका छन् । ओखलढुंगाबाट अस्मिता थापा, उदयपुरको १ मा दुर्गा थापा स्वोती, २ मा अमर रायमाझी, खोटाङको १ मा देवविक्रम राईको नाम टुंगो लगाएको छ ।

ओलीले ०७९ सालको निर्वाचनमा जस्तै यो निर्वाचनमा समेत आफूविरुद्ध उम्मेदवारी दिनेहरुलाई पाखा लगाउने रणनीति अख्तियार गरेका छन् । यसअघि ०७९ को निर्वाचनमा भीम रावल लगायतका नेताहरुलाई टिकट नदिएका ओलीले यो पालीको निर्वाचनमा आफू र आफ्नो टिमविरुद्ध उम्मेदवारी दिनेहरुलाई बाइपास गरेर अघि बढेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?