काठमाडौं । भक्तपुर–२ मा एमालेका सचिव महेश बस्नेतविरुद्ध रास्वपाले राजीव खत्रीलाई उठाउने भएको छ ।
पूर्वसञ्चारकर्मी खत्रीलाई रास्वपाले काठमाडौं–१० मा उठाउने तयारी गरेको भए अन्तिम समयमा बस्नेतसँगै भिडाउने निर्णय लिएको हो ।
केही समयअघि मात्रै सञ्चारकर्म त्यागेर राजनीतिमा आएका खत्रीले काठमाडौं १० बाटै लड्न इच्छा व्यक्त गरेका थिए । तर, पार्टी सभापति रवि लामिछाने र बालेनको सल्लाहमा उनलाई भक्तपुर पठाउने निधो भएको हो ।
जेन–जी आन्दोलनपछि सचिव बस्नेतले बालेन्द्र शाह ‘बालेन’ विरुद्ध जेहाद छेड्दै आएका छन् । त्यसैले उनले ‘जसरी पनि बस्नेतलाई हराउने’ उद्देश्यसहित खत्रीलाई अघि सार्न चाहेको बताइएको छ ।
सामाजिक सञ्जालमा लामो सयदेखि बस्नेत र खत्रीबीच वाक्युद्ध चल्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया