काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)का शीर्ष नेताहरूले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचन नलड्ने भएका छन् ।
आज सोमबार बिहान बसेको सो पार्टीको स्थायी कमिटीको भर्चुअल बैठकले यो निर्णय गरेको हो ।
सो पार्टीका स्थायी समिति सदस्य अनिल शर्मा ‘विरही’ का अनुसार, अन्य नेताहरूको हकमा भने चुनावमा जान कुनै रोक लगाइएको छैन ।
यसअघि महासचिव विप्लवले रोल्पाबाट चुनाव लड्ने बताएका थिए । पार्टीको निर्णयअनुसार अब विप्लवले रोल्पामा उम्मेदवारी नदिने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया