सुन र चाँदी दुवैमा नयाँ रेकर्ड, सुन तोलाको २ लाख ८२ हजार रुपैयाँ

लोकपथ
147
Shares

काठमाडौं । सुनचाँदीको भाउले आज सोमबार नयाँ रेकर्ड बनाएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेर २ लाख ८२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन २ लाख ७७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

गत बुधबार सुनको मूल्यले प्रतितोला २ लाख ७८ हजार रुपैयाँको अधिकतम रेकर्ड बनाएकोमा आज सो रेकर्ड तोडिएको हो ।

यस्तै, चाँदीको भाउले पनि आज नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ६ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ सय ८५ रुपैयाँ बढेर ५ हजार ८ सय १० रुपैयाँ पुगेको छ । यसअघि चाँदीको भाउ गत बुधबार ६ हजार ६ सय ५५ रुपैयाँको अधिकतम रेकर्ड बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?