प्रहरीका ८ जना डीआईजीको सरुवा, ४ जनालाई प्रदेश प्रमुखको जिम्मेवारी

लोकपथ
287
Shares

काठमाडौं । नेपाल प्रहरीका ८ जना नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ । जसमध्ये ४ जनालाई प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ । 

प्रहरी प्रधान कार्यालयका अनुसार, भूपेन्द्रबहादुर खत्रीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर (दाङ) मा, दीपेन्द्र घर्ती क्षेत्रीलाई गण्डकी प्रदेश कार्यालय पोखरामा, जयराज सापकोटालाई कर्णाली प्रदेश कार्यालय सुर्खेतमा र दीपक रेग्मीलाई बागमती प्रदेश कार्यालय हेटौंडामा सरुवा गरिएको छ । 

यसैगरी, अरुण पौडेललाई प्रहरी प्रधान कार्यालयको कार्य विभाग, कार्य निर्देशनालय, दिनेशकुमार आचार्यलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, माधवप्रसाद श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र राजेन्द्रप्रसाद भट्टलाई प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा सरुवा गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?