आफू पक्षीय नेतालाई शेखरले भने– ‘अदालतको निर्णय जे आओस्, निर्वाचनमा होमिनू’

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोईराला पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन आफ्ना पक्षका नेताहरुलाई निर्देशन दिएका छन् ।

आइतबार काठमाडौंमा आफूपक्षीय नेताहरुको भेलामा बोल्दै उनले पार्टीको विवादबारे सर्वोच्चमा मुद्दा गएको भएपनि निर्वाचनमा होमिन निर्देशन दिएका हुन् ।

भेलामा सहभागी एक नेताले अदालतले जे आदेश दिएपनि मान्ने गरी अहिले आफ्नो जिल्ला क्षेत्रमा जान नेता कोईरालले भनेको बताए ।

भेलामा नेता कोईरालाले अहिले निर्वाचन आयोगको निर्णय कार्यन्वयनमा गैसकेको हुँदा पार्टीले गर्ने उम्मेदवार चयनको प्रक्रिया र निर्वाचनमा पार्टीलाई जिताउने कार्यमा लाग्न सबैलाई अनुरोध गर्नुभएको पनि उनले जानकारी दिए ।

‘मुलुकमा भएको संविधान संकट र पार्टीभित्र भएको जटिल परिस्थितिमा पार्टीका उम्मेदवारहरुलाईअग्रणी रुपमा रहेर सहयोग गर्न र निर्वाचित गराउन आग्रह गर्छु’ नेता कोईरालाले भनेको ती नेताले बताए ।

शुक्रबार नेपाली कांग्रेसको आधिकारिकताबारे आयोगले बहुमतबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता प्रदान गरेको थियो ।

त्यससँगै शेरबहादुर देउवा पक्ष विरोधमा छ । देउवा पक्षले सर्वोच्च अदालतमा आज रिटदर्ता गराइसकेको छ । भेलामा नेता कोईरालाले निर्वाचनसँगसँगै आगामी १५ औं महाधिवेशनमा पनि ध्यान केन्द्रित गर्न सबैलाई आग्रह गरेको पनि ती नेताले जानकारी दिए । नेपाली कांग्रेसनेले नेपाली जनताको सार्वभौम अधिकार रक्षा गर्न सधैँ निरन्तर लागिरहनु पर्ने भन्दै निर्वाचनमा ध्यान केन्द्रित गरेर आफ्नो भूगोल क्षेत्रमा जान आग्रह गर्नुभएको एक नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?