बालेन पहिलोपटक रास्वपा कार्यालय पुग्दा… [तस्बिरहरु]

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह पहिलो पटक पार्टीको केन्द्रीय कार्यालय पुगेका छन् ।

आइतबार दिउँसो तामझामसहित वनस्थलीस्थित पार्टी कार्यालयमा प्रवेश गरेका बालेनलाई रास्वपाका नेता तथा कार्यकर्ताहरूले उत्साहपूर्वक स्वागत गरेका हुन् ।

रास्वपामा वरिष्ठ नेताको रूपमा समाहित भए यता उनको यो पहिलो औपचारिक कार्यालय भ्रमण हो ।

उनी आजै बस्ने रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी हुन कार्यालय पुगेका हुन् ।

गत पुसमा रास्वपासँग ७ बुँदे सहमति गर्दै पार्टीमा समाहित भएका साहलाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिने घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?