काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले पदबाट राजीनामा दिएका छन् ।
आइतबार उपमेयर सुनिता डंगोल समक्ष मेयर बालेनले राजीनामा दिएका हुन् ।=
उनले आफूले स्वेच्छाले राजीनामा दिएको समेत उल्लेख गरेका छन् ।
‘यस पदमा रहँदा काठमाडौं महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमान्दारीपूर्वक कार्य गर्ने प्रयास गरेको छु । अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै तपाईँ तथा नगरकार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु,’ राजीनामा पत्रमा भनिएको छ ।
यसअघि नै ७ बुँदे सहमति गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेका बालेन आगामी निर्वाचन लड्ने तयारीमा छन् । आगामी फागुन २१ को निर्वाचन झापा क्षेत्र नं ५ बाट लड्ने तयारी गरेका बालेनले मनोनयन गर्ने तयारीकाबिच राजीनामा दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया