मनोनयन दर्ताको समय थप हुने संकेत, प्रधानमन्त्री कार्कीले बोलाइन् मन्त्रीहरूसहितको बैठक

लोकपथ
189
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचन, निर्वाचन आचारसंहितालगायतका समसामयिक विषयमा छलफल गर्न आज आइतबार ४ बजे मन्त्रीहरूसहितको बैठक बोलाएकी छन् ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न सरोकारवालाबीच विचार–विमर्श गर्ने उद्देश्यले बैठक बोलाइएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । 

निर्वाचनका लागि प्रत्यक्षतर्फ मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यसूची भएपनि राजनीतिक दलहरूले उम्मेदवारी चयनका लागि आन्तरिक व्यवस्थापन गर्न समस्या परेको भन्दै केही दिन मिति सार्न निर्वाचन आयोगलाई अनुरोध गरिरहेका छन् । 

उता, निर्वाचन आयोगले पनि मनोनयन दर्ताको समय थप गर्ने तयारी गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?