थप रणनीति बनाउन शेखर पक्षको भेला बत्तिसपुतलीमा, को–को छन् सहभागी ?

लोकपथ
2.5k
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकटका नेताहरुसँग छलफल गरेका छन् ।

काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा नेता कोइराला पक्षको छलफल अहिले जारी रहेको छ ।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई मान्यता दिएपछि नेता कोइरालाले त्यसबारे थप छलफल गर्न भेला बोलाएका थिए ।

त्यसो त गगन नेतृत्वको कांग्रेसले आधिकारिकता पाएपछि शेरबहादुर देउवा पक्ष निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च गएको छ । संवैधानिक आयोगले नै मान्यता दिएपछि थप झमेला गर्न नहुने भन्दै होल्ड भएका शेखर पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने भन्दै आफू पक्षीय नेताहरुसँग छलफलमा जुटेका हुन् ।

दिउँसो १ बजेका लागि बोलाइएको भेला केही ढिला गरी सुरु भएको हो । उक्त भेलामा शेखर आफैँ उपस्थित रहेका छन् ।

उक्त भेलामा धनराज गुरूङ, जीवन परियार, बलबहादुर केसी, गोविन्दराज पोखरेल, रामकृष्ण यादव, दीपक गिरी, डिगबहादुर लिम्बु, दिनेश कोइराला लगायतका नेताहरु सहभागि रहेका छन् ।

देउवा पक्षले भने सर्वोच्चको निर्णय आउनुअघि नै निर्वाचन आयोग पुगेर प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयनको मिति सार्न समेत माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?