निर्वाचन आयोगको निर्णयलाई अवैधानिक भन्दै देउवा पक्षधर नेताहरू सडकमा [तस्बिरहरू]

लोकपथ
161
Shares

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किएको छ । देउवा समूहले निर्वाचन आयोगको निर्णयलाई अवैधानिक र दुराशयपूर्ण भएको दाबी गर्दै त्यसको विरोधमा प्रदर्शन गरेका हुन् ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई पार्टीको आधिकारिकता प्रदान गरेपछि शेरबहादुर देउवा पक्षधर नेताहरू सडक आन्दोलनमा उत्रिएका छन् ।

उनीहरूले आयोगले पार्टीको आन्तरिक प्रक्रियालाई बेवास्ता गर्दै एकपक्षीय निर्णय गरेको आरोप लगाएका छन् ।

प्रदर्शनमा सहभागी नेताहरूले निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै पार्टीको वैधानिक नेतृत्व आफूहरूको पक्षमै रहेको जिकिर गरे । उनीहरूले आवश्यक परे कानुनी र राजनीतिक दुवै मोर्चाबाट संघर्ष गर्ने चेतावनी पनि दिएका छन् ।

उता, गगन थापा पक्षले भने विशेष महाधिवेशन संविधान र पार्टी विधानअनुसार सम्पन्न भएकाले आयोगको निर्णय वैधानिक र बाध्यकारी रहेको बताएको छ । आन्तरिक विवाद सार्वजनिक रूपमा सडकमा आइपुगेपछि नेपाली कांग्रेसको राजनीतिक गतिविधि थप तनावग्रस्त बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?