देउवा समूहको रिट सर्वोच्चमा दर्ता, सुनुवाइ माघ ६ गते

लोकपथ
735
Shares

काठमाडौं नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा रिट दर्ता गरेको छन् ।

सर्वोच्च प्रशासनले रिटको पेसी यही माघ ६ गतेका लागि तोकेको छ । आज (आइतबार) तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गरेका हुन् ।

रिट दायरका क्रममा खड्कासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि, मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा लगायतका नेताहरू पनि सर्वोच्च पुगेका थिए ।

यो कदम आयोगले पार्टीको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि आएको हो ।

देउवा समूहले आयोगको निर्णयविरुद्ध कानुनी लडाइँ अघि बढाएर आफ्नो पक्षको मान्यता सुनिश्चित गर्ने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?