वामदेव, भगवती र नारायणकाजीले राष्ट्रिय सभाबाट दिए राजीनामा, प्रतिनिधि सभा चुनाव लड्ने

लोकपथ
357
Shares

काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन राष्ट्रिय सभाका ३ सांसदहरुले राजीनामा दिएका छन् ।

शुक्रबार नेपाली कम्युनिष्ट पार्टीका २ र नेकपा एमालेका १ राष्ट्रिय सभा सदस्यले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपाने रहेका छन् ।

तीनै जनाले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष राजिनामा दिएका हुन् ।

फागुन २१ को निर्वाचनका लािग आगामी माघ ६ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । उक्त समयअगावै सांसदहरुले राजीनामा दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?