एमालेले इलामबाट नेम्वाङ र कागतेलाई उम्मेदवार बनायो

लोकपथ
329
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको छ ।

निर्वाचन क्षेत्र नं १ मा काजीमान कागते र क्षेत्र नं २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाइएको छ । नेकपा एमालेको शनिबारको सचिवालय बैठकबाट १६५ मध्ये १४१ निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट भएका हुन् ।

नेम्वाङ निवर्तमान संघीय सांसद हुन् भने कागते पूर्व प्रदेशसभा सदस्य हुन् । नेम्वाङ इलाम क्षेत्र नं २ बाट गत उपनिर्वाचनमा २७ हजार ७७२ ल्याएर विजयी भएका थिए । उम्मेदवार चयन भएका कागते कोसी प्रदेशसभाका पूर्व सदस्य हुन् ।

निर्वाचन हुन अब ४६ दिन बाँकी छ । प्रत्यक्षतर्फ मनोनयन दर्ता यही माघ ६ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?