मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

लोकपथ
231
Shares

रौतहट ।  रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बिचमा पर्ने कछुअवा पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छभने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

गौर–गङ्गापिपरा सडक खण्डअन्तर्गत पर्ने कछुअवा पुलबाट बिआर३०एई ५१३८ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा भारत विहार राज्यको जिल्ला पिपराढी थानाअन्तर्गतको महनपुर–६का मिन्टु पासवानको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा अर्का गम्भीर घाइते सोही गाउँका रमेश पासवान रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिए  । दुवै जना मदिरा सेवन गरेर अत्यधिक तीव्रगतिमा मोटरसाइकल चलाउँदा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक बस्यालले जानकारी दिए । गम्भीर घाइते रमेशको प्रादेशिक अस्पताल गौरमा उपचार गरेर थप उपचारका लागि बाराको एसएस न्युरो अस्पतालमा पठाइएको उनले बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?