काठमाडौं । साताको पहिलो कारोबारका दिन सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सय रुपैयाँले बढेर २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले घटेको हो । अघिल्लो दिन ५ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २० रुपैयाँले घटेर ५ हजार ६ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया