काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले थाइल्यान्डसामु १ सय २३ रनको कमजोर लक्ष्य प्रस्तुत गरेको छ ।
पावर प्लेमा उत्कृष्ट सुरुवात गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पछि भने सोचेजस्तो खेल खेल्न नसक्दा कमजोर लक्ष्य प्रस्तुत गरेको हो । नेपालले ५.४ ओभरमा ५२ रन बनाएको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डले टस जितेर बलिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको थियो । घरेलु टोली नेपाल निर्धारित २० ओभरमा १ सय २२ रन बनाएर अलआउट हुन पुग्यो ।
ओपनर सम्झना खड्का ११ बलमा ६ चौकाको सहयोगमा २६ रन बनाएर क्याच आउट भइन् । यस्तै। अर्की अपरन विन्दु रावल ४४ रनमा आउट भइन् । ५६ बलमा ६ चौका प्रहार गरेकी विन्दुको यो अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन हो । उनी आउट भएपछि नेपालको खेलको लय बिग्रन पुग्यो ।
यस्तै, रु विना क्षेत्रीले १० बलमा २ छक्का र १ चौका प्रहार गरी १७ रन बनाउँदै पेभेलियन फर्किइन् । पूजा महतो १२ रन, इन्दु बर्मा ६ रनमा क्याच आउट हुँदा कविता कुँवर २ रनमा रनआउट हुन पुगिन् । यस्तै, सीता रानामगर शून्य रनमा नै आउट हुँदा रिया शर्मा ४ र सुमन विष्ट शून्य रनमा नै आउट भइन् । काजल श्रेष्ठ भने २ रनमा अविजित रहिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया