काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री बलबहादुर केसीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका छन् । कांग्रेस नेता शेखर कोइरालानिकट केसीले आफू कांग्रेसको एक इमानदार कार्यकर्ता भएको भन्दै चारतारे झन्डा र रूख चिह्न भएका उम्मेदवारलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
नेता केसीलाई कांग्रेस सोलुखुम्बु जिल्ला कार्यसमितिले एक नम्बरमा रहने गरी उम्मेदवार सिफारिस गरेको थियो । तर उनले आफै यसपटक चुनाव नलड्ने घोषणा गरेका हुन् ।
२०७९ सालको निर्वाचनमै आफूले अर्को निर्वाचन नलड्न पनि सक्छु भनेको स्मरण गर्दै केसीले भनेका छन्, ‘फागुन २१ गतेको निर्वाचनमा मैले आफू उम्मेदवार नहुने निर्णय गरेको छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया