काठमाडौं । नेपाली कांग्रेसका कपिलवस्तुका नेता वीरेन्द्रकुमार कनोडिया एमालेमा प्रवेश गरेका छन् ।
शनिबार काठमाडौंमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबाट सदस्यता ग्रहण गर्दै उनी औपचारिक रूपमा एमालेमा भित्रिएका हुन् ।
कनोडिया लुम्बिनी प्रदेशसभाका पूर्व सांसद हुन् र नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं-३ बाट एकल सिफारिस प्राप्त गर्दै आएका थिए । एमालेले उनलाई आगामी निर्वाचनका लागि उम्मेदवार बनाउने तयारीसहित पार्टीमा भित्र्याएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया