काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री उदय शमशेर राणाले आगामी निर्वाचनमा पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् । शनिबार बानेश्वरमा बसेको केन्द्रीय समितिको बैठकपछि कुरा गर्दै उनले पार्टीमा विभाजन भए आगामी निर्वाचनमा समस्या आउन सक्ने चेतावनी दिए ।
राणाले भने, ‘चुनाव अगाडी एकताबद्ध भएर नेपाली कांग्रेस जानुपर्छ । सुतेर बसेको काँग्रेसमा जागरण आए पनि हामी सबै एक ठाउँमा उभिन नसके भोली समस्या आउँछ । टिकटमा पनि अब ६०र४० भन्ने कुरा बाँकी छैन । जसको जित्ने सम्भावना बढी छ, उहाँलाई टिकट दिने भन्ने हाम्रो नीति हो ।’
कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पनि विशेष महाधिवेशनले दिएको म्याण्डेटलाई स्वीकार गरेर निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिए । उनले सबै नेताहरू नयाँ र पुरानो भन्ने भेद नगरी, नवीन मानसिकताका साथ निर्वाचनमा अघि बढ्नुपर्ने बताए ।
नेताहरूले विशेष महाधिवेशनलाई कसैको जित वा हारको विषय नबनाई पार्टीको भविष्य र आगामी निर्वाचनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । साथै, लामो समयदेखि पार्टीमा योगदान पुर्याउने नेताहरुलाई सम्मान र उचित भूमिका दिनुपर्ने कुरामा उनीहरू स्पष्ट छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया