काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता वामदेव गौतमले आइतबार राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिने भएका छन् ।
बर्दिया क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारी गरेसँगै उनले राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिन लागेका हुन् । गुलरियामा शनिबार आयोजित कार्यक्रममा उनले राष्ट्रिय सभा सदस्य रहँदा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न नपाइने कानुनी व्यवस्थाका कारण राजीनामा दिन लागेको स्पष्ट पारे ।
गौतम २०४८ सालदेखि बर्दिया–१ बाट निरन्तर चुनावी राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन् । तत्कालीन नेकपा एमालेका उपाध्यक्षसमेत रहेका गौतम २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका पूर्वसभापति तथा पूर्वसिँचाइ मन्त्री सञ्जयकुमार गौतमसँग पराजित भएका थिए। त्यसपछि भने उनी यस क्षेत्रबाट उम्मेदवार बनेका थिएनन् ।
२०७४ पछि बर्दियाको संसदीय राजनीतिबाट टाढा रहेका गौतम हाल पुनः बर्दिया–१ को राजनीतिक गतिविधिमा सक्रिय देखिएका छन् । पछिल्ला दुई दिनदेखि उनी मतदातासँग प्रत्यक्ष भेटघाटमा व्यस्त रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया