बाजुरा । बडीमालिका नगरपालिकामा एक जनाको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार सोही नगरपालिका–९ गैरीबजार बस्ने ७२ वर्षीया कमला लुहारको मृत्यु भएको हो ।
शुक्रबार साँझ उनी आफ्नै घरको छतबाट खसेको हो । छिमेकीले उद्धार गरी उहाँलाई जिल्ला अस्पताल पुर्याएका थिए ।
चिकित्सकले उनलाई मृत्यु घोषणा गरेका थिए । शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया