काठमाडौं । नेपाली कांग्रेसकी नवनिर्वाचित उपसभापति पुष्पा भुसालले पार्टीको केन्द्रीय कार्यालय सानेपामा अहिले नजाने बताएकी छन् ।
केन्द्रीय कार्यसमितिको बैठक स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।
भुसालले निर्वाचन आयोगको निर्णय हिजो मात्र आएको र सबै आवश्यक कागजात प्राप्त भएपछि मात्रै कार्यालय जाने तयारी हुने जानकारी दिइन् ।
उनले भनिन्, ‘हामी कुनै सरकारको शक्ति प्रयोग गरेर पार्टी कार्यालयमा जान्नँ। हामी कुनै मुठभेड चाहँदैनौँ। संवादमार्फत उपयुक्त समयमा प्रवेश गर्नेछौँ ।’
भुसालले पार्टीको सम्पूर्ण पंक्ति एकताबद्ध भएर आगामी चुनावमा अघि बढ्नुपर्नेमा जोड दिँदै नेता–कार्यकर्ता सबैले सौहार्दपूर्ण संवादमार्फत काम अघि बढाउनुपर्नेमा पनि जोड दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया