झापा–५ बाट नेकपाले रञ्जित तामाङलाई उम्मेदवार बनाउने

लोकपथ
119
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट रञ्जित तामाङलाई उम्मेदवार बनाउने भएको छ ।

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले शनिबार ललितपुरको हात्तीवनस्थित निवासमा बोलाएर तामाङलाई टिकट दिएका हुन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीका संयोजक पुष्पकमल दाहालसँग चुनावी अनुमति प्रदान भएको भिडियो सार्वजनिक गर्दै तामाङले आफू सो क्षेत्रका लागि उम्मेदवार भएको जानकारी दिएका छन् ।

तामाङले भनेका छन्, ‘नेपाली कम्युनिस्ट पार्टीका संयोजक श्रद्धेय नेता प्रचण्डले आगामी फागुन २१ गतेका लागि चुनावी अनुमति दिनुभएको छ। म झापा–५ का सबै मतदातालाई जनसेवाको अवसर दिन मतदानमा ताराको चिन्हमा मतदान गर्न विशेष अपिल गर्दछु ।’

सो क्षेत्र नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह निर्वाचन क्षेत्र पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?