काठमाडौं । नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षीय नेताहरू निर्वाचन आयोगको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालत जाने भएका छन् ।
निर्वाचन आयोगले पार्टीको आधिकारिकता विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको समूहलाई दिने निर्णय गरेपछि देउवा पक्षधर नेताहरू अदालत जाने निर्णयमा पुगेका हुन् ।
शनिबार देउवा पक्षका नेताहरूको पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले आयोगको निर्णयलाई अस्वीकार गर्दै संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।
डा.महतका अनुसार आयोगले देउवा पक्षको कुरा सुनेर नभई एकपक्षीय निर्णय गरेको, विशेष महाधिवेशनको वैधानिकता, उपस्थित संख्या र औचित्य नहेरी निर्णय गरेको दाबी गरिएको छ ।
उनले भने, ‘निर्णय नेपाली कांग्रेसलाई क्षति पुर्याउने उद्देश्यले गरिएको स्पष्ट छ। आयोगले हाम्रो विधान र निर्वाचन सम्बन्धी कानुनको पालना नगरी अन्यायपूर्ण निर्णय गरेको हो ।’
देउवा पक्षको बैठकले आयोगको निर्णयविरुद्ध अदालतमा रिट निवेदन दिने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया